नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०७२ भाद्र २७ गतेको ‘कान्तिपुर दैनिक’ पत्रिकाको बर्ष २३ अङ्क २०७ मा "दंगाग्रस्त क्षेत्रबाट फर्किने तयारीमा सेना"  शीर्षकमा छापिएको समाचार,  मिति २०७२÷०५÷२८ गतेको ‘नेपाल समाचारपत्र दैनिक’ पत्रिकाको बर्ष २१ अङ्क २३० मा “नेपाली सेनाको चासो गम्भीर” शीर्षकमा छापिएको लेख र मिति २०७२ भाद्र २९ गतेको ‘नागरिक दैनिक’ पत्रिकाको बर्ष ७ अङ्क १४४ मा “नेपाली सेना र मानव अधिकार” शीर्षकमा छापिएको लेख लगायतका अन्य विभिन्न दैनिकरसाप्ताहिक पत्रपत्रिका एवमं बिद्युतिय सञ्चार माध्यमहरुमा “दंगाग्रस्त क्षेत्रमा सेना खट्टिएको र फिर्ता गर्ने सम्बन्धी” प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

२. नेपाली सेना, देश र देशवासीको सेवामा सधैं समर्पित रही देशको सार्वभौमसत्ता, भौगालिक अखण्डता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र प्रतिरक्षा गर्ने जिम्मेवारीलाई वफादारी एवं निष्ठापूर्वक निर्वाह गर्दै आईरहेको छ । नेपाली सेना सदैव संविधान एवम् प्रचलित ऐन नियमका प्रावधान अनुरुप नेपाल सरकारको मातहतमा रही नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई संयमित, सुझवुझपूर्ण एवं समन्वयात्मक ढंगले सम्पन्न गरी आप्mनो गौरवमय परम्परा कायम राख्दै आईरहेको सर्वविदितै छ ।


३. देशको कुनैपनि स्थानमा विरोध प्रदर्शन हिंसात्मक एवं स्थिति अराजक बन्न गई सो क्षेत्रको शान्ति सु–व्यवस्था तथा अमनचयनमा खलल् पुग्न गई स्थिति स्थानीय प्रशासनको नियन्त्रण भन्दा बाहिर गई सामाजिक सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको भावनामा समेत गम्भिर असर पर्ने अवस्था सिर्जना भएमा स्थानीय प्रशासनले आफ्नो जिम्मेवारी क्षेत्र भित्र शान्ति सु–व्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न नेपाली सेनाको सहयोग लिन सक्ने व्यवस्था स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) मा भएकोले सोही बमोजिम शान्ति सु–व्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा केहि स्थानमा नेपाली सेना खट्टिएको पूर्व जानकारी गराई सकिएको छ । यसलाई सेना परिचालन भएको भन्ने अर्थमा नलिई Aid to Civil Authority (स्थानिय प्रशासनलाई सहयोग गर्ने) कार्यको लागि आप्mनो जिम्मेवारी निर्वाह गर्न नेपाली सेना खट्टिएको बुझिदिन नेपाली सेना सम्बन्धीत सबैमा पुनः अनुरोध गर्दछ ।

४. साथै, प्रधान सेनापति र भारतीय महामहिम राजदुत श्री रणजित रायबीच         मिति २०७२÷०५÷२५ गते भएको भेटवार्ताका क्रममा द्विपक्षीय आपसी हीत तथा पारस्परिक सम्बन्धका विषयहरुमा मात्र छलफल भएकोबारे मिति २०७२ भाद्र २५ गते नै प्रेस बिज्ञप्तीमार्पmत सम्बन्धीत सबैमा जानकारी गराई सकिएको र उक्त भेटवार्ताका क्रममा अन्य कुनैपनि बिषयमा छलफल नभएको व्यहोरा नेपाली सेना पुनः सम्वद्ध सबैमा जानकारी गराउन चाहन्छ । 

५. नेपाली सेना दङ्गाग्रस्त क्षेत्रमा स्थानिय प्रशासनको सहयोगको निमित्त खट्टिने अवस्थामा स्थानीय प्रशासन ऐन २०२८ को परिधिभित्र रही आमनागरिकको जीउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षाको साथै सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनिय एवम् पेशेवर ढंगले कार्य गर्न प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी पुरा हुनासाथ व्यारेक फर्कने ब्यहोरा समेत पुनः सम्बन्धित सवैलाई विश्वास दिलाउन चाहन्छ ।