“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” अन्तर्गत स्वीमिङ्ग प्रतियोगिता सम्पन्न

१. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” अन्तर्गत सातदोबाटोस्थित स्वीमिङ्ग पुलमा मिति २०७२/०५/२८ गतेदेखि संचालन भएको स्वीमिङ्ग प्रतियोगिता आज मिति २०७२ भाद्र २९ गते श्री सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी श्री राजेन्द्र वहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  

२. कुल १२ वटा विधाहरु समावेश गरी संचालन गरिएकोे उक्त स्वीमिङ्ग प्रतियोगितामा समष्टिगत रुपमा प्रथम हुने विशेष फौज वाहिनीलाई उपरथी श्री राजेन्द्र वहादुर कार्कीले रनिङ्ग शिल्डको साथमा नगद पुस्कार प्रदान गर्नुभएको थियो भने द्वितीय र तृतीय हुने उपत्यका पृतना र पूर्वी पृतना हे.क्वा.लाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी उपरथी श्री कार्कीले प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र प्रतियोगिता सफल पार्न सहयोग पुर्‍याउनु हुने निर्णायक मण्डललाई कदरपत्र प्रदान गर्नुभएको थियो । 

३. उक्त कार्यक्रममा रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।