शिष्टाचार भेटवार्ता सम्पन्न

१. नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको PACOM Disaster Center for Excellence (CFE)  का प्रतिनिधिहरुले आज मिति २०७२/०५/३० गते बलाध्यक्ष रथी श्री वलदेव राज महतसंग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटवार्ताका क्रममा रथी श्री महत र संयुक्त राज्य अमेरिकाको PACOM Disaster Center for Excellence (CFE) का प्रतिनिधिहरुबीच नेपालमा "विनाशकारी भुकम्प-२०७२" पश्चात् नेपाली सेनाले संचालन गरेको अपरेशन ूसंकट मोचनू र सो बाट सिकेका पाठहरु तथा United States Pacific Command (USPACOM)  बाट प्राप्त सहयोग सम्बन्धी बिषयहरुमा समेत छलफल भएको थियो ।

३. उक्त कार्यक्रममा अन्य रथीबृन्द लगायत अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।