शिष्टाचार भेटवार्ता सम्पन्न

१. आज मिति २०७२ भाद्र ३१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग नेपालका लागि ईजरायली महामहिम राजदुत Mr. Yaron Mayer ले जंगी अड्डा परिसरमा शिष्टाचार भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा भारतको नयाँ दिल्लीस्थित गैह्र आवासीय सैनिक सहचारी Col Zeev Mivtzari, सहायक सैनिक सहचारी Lt Col Tzvi Prag र Deputy Defence Attache for Internal Security, Mr Nathan Reuven को समेत समुपस्थिती रहेको थियो ।  

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति श्री क्षेत्री र इजरायली राजदुतबीच द्विपक्षीय आपसी हीत तथा पारस्परिक सम्बन्धका बिषयहरुमा छलफल भएको थियो ।