बलाध्यक्ष रथी श्री बलदेव राज महतद्वारा प्राड विवाक सेमिनार र अन्तरक्रिया कार्यक्रम शुभारम्भ

१. आज मिति २०७२ आश्विन ५ गते प्राड विवाकको ५३ औं बार्षिक उत्सवको अवसरमा बलाध्यक्ष रथी श्री बलदेव राज महतद्वारा तीन दिने लिगल सेमिनार र अन्तरक्रिया कार्यक्रमको जंगी अड्डा परिसरमा शुभारम्भ गर्नु भएको छ । 

२. उक्त अन्तरक्रिया कार्यक्रममा सबै पृतना हे.क्वा. बाहिनी अड्डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरुलाई सहभागी गराई कानुन तथा न्यायसंग सम्बन्धित बिभिन्न क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरी सैनिक ऐन, नियम तथा सेनासंग सरोकार रहने महत्वपुर्ण बिषयहरुमा सेमिनार एवं अन्तरक्रिया प्रभावकारी रुपमा संचालन गरिने कार्यक्रम रहेको छ । 

३. उक्त सेमिनार सम्पन्न भए पश्चात मिति २०७२ आश्विन ०७ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट निर्देशन एवं ऐ. मितिको ०८ गते सम्माननीय प्रधानन्यायधिश श्री कल्याण श्रेष्ठ तथा प्रधानसेनापति महारथी श्री क्षत्रीबाट “प्राड विवाक जर्नल” संयुक्त रुपमा विमोचन गर्ने कार्यक्रम रहेको छ ।

बलाध्यक्ष रथी श्री बलदेव राज महतद्वारा प्राड विवाक सेमिनार र अन्तरक्रिया कार्यक्रम शुभारम्भ