प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पूर्वाञ्चल क्षेत्रमा तैनाथ युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन ५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा ईटहरी स्थित श्री पूर्वी पृतना हे.क्वा., गाईघाटस्थित श्री नं. १८ वाहिनी अड्डा तथा राजविराजस्थित श्री कृष्णदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त फर्मेशन तथा युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै उक्त युनिटहरुका सकल दर्जालाई सम्बोधन गर्नुहुँदै नेपाली सेनाको मुल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै बर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भइ मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध भइ लाग्नुपर्नेमा सकल दर्जालाई बिशेष जोड दिनुभएको छ । 

३. प्रधानसेनापति श्री क्षत्री उक्त दुई दिने निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।