सैनिक प्रवक्ताको कार्यभार बुझ–बुझारथ

१. श्री सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आज मिति २०७२ आश्विन ०६ गतेबाट सहायक रथी श्री तारा बहादुर कार्कीले सम्हाल्नु भएको छ । सहायक रथी श्री जगदीश चन्द्र पोखरेलले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच श्री कार्कीलाई कार्यभार हस्तान्तरण गर्नु भएको हो । 

२. करिव २ वर्ष सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी श्री पोखरेलले आभार प्रकट गर्नु भएको छ ।

३. सञ्चार जगतको अहम् भुमिकाको उच्च कदर गर्दै उहाँले सेना र संचार जगत बीचको सम्बन्धमा सदझैं हार्दिक सहयोग र शुभेच्छा नवनियुक्त सैनिक प्रवक्तालाई प्राप्त हुने नै छ भन्ने विश्वास व्यक्त गर्नु भएको छ ।