नेपाली सेनाद्धारा निर्माणाधिन विभिन्न सडक आयोजनाहरुको माननीय अर्थमन्त्री र निमित्त बलाधिकृतसहितको उच्चस्तरीय टोलीद्धारा निरीक्षण भ्रमण

१. नेपाली सेनाद्धारा निर्माणाधिन कालीगण्डकी करिडोर, कर्णाली करिडोर तथा जाजरकोट डोल्पा सडक खण्डको माननीय अर्थमन्त्री डा. श्री रामशरण महत तथा निमित्त बलाधिकृत रथी श्री बलदेव राज महतसहितको उच्च सरकारी टोलीले मिति २०७२  आश्विन ६ र ७ गते निरीक्षण भ्रमण गरेको छ । 

२. नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरमार्फत गएको उक्त टोलीले मिति २०७२ आश्विन ६ गते बिहान कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्ड र दिउँसो बाग्लुङमा सडक निर्माण कार्यको हवाई निरीक्षण गरेको थियो । त्यसैगरी उक्त टोलीले हिजो मिति २०७२ आश्विन ७ गते बिहान कर्णाली करिडोरको सिमिकोटसम्म र दिउँसो जाजरकोट डोल्पा (दुनै) सडकको हवाइ निरीक्षण गर्दैै मन्कावगर इलाकाको समेत निरीक्षण गरेको  थियो ।

३. उक्त निरीक्षण भ्रमण टोलीमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा.    श्री गोविन्द पोखरेल, योजना आयोगकै माननीय सदस्य डा. श्री स्वर्णिम वाग्ले, सो क्षेत्रका माननीय संसद सदस्यहरु, रक्षा र अर्थ मन्त्रालयका अधिकारीहरु एवं विभिन्न सञ्चार माध्यमका पत्रकारहरु समेत सहभागी हुनुहुन्थ्यो । 

४. उक्त सडक आयोजनाहरुको निरीक्षण भ्रमण पूरा गरी सो टोली आज बिहान काठमाण्डौं फिर्ता भएको छ ।