नेपाली सेनाको हवाई साधनद्वारा घाईतेहरुको उद्धार

१. पश्चिम नेपालको दुई स्थानका विभिन्न घटनाहरुमा परी घाईते भएका दुई जनालाई नेपाली सेनाको हवाई साधनद्वारा आज अपरान्ह उद्धार गरी थप उपचारको लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ । २. गत मंसिर २३ गते डडेल्धुराको जोगबुढा सुवाखान ईलाकामा अज्ञात व्यक्तिले चलाएको गोली लागि घाईते भएकी श्रीमती लीला बिष्ट र मंसिर २५ गते रुकुमको खलङ्गा व्यारेक परिसरमा माईन बिष्फोटन हुँदा घाईते भएकी खलङ्गा बोहरा गाउँकी सुश्री गिता मगरलाई नेपाली सेनाको हवाई जहाजद्वारा आज काठमाण्डौं ल्याईएको छ । घाईते दुवै जनालाई थप उपचारको लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ । ३. सुवाखान ईलाकामा घाईते भएकी श्रीमती लीला बिष्टलाई नेपाली सेनाको हेलिकप्टरद्वारा मंसिर २४ गते थप उपचारको लागि धनगढी ल्याउने कार्यमा समेत सहयोग गरेको थियो ।