नेपाली सेनाको "प्राड विवाक जर्नल" संयुक्त रुपमा विमोचन

१. आज मिति २०७२ आश्विन ०८ गते श्री सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ र प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित एक समारोहका बिच नेपाली सेनाको बलाध्यक्ष विभाग अन्तर्गत रहेको प्राड विवाकले प्रकाशित गरेको "प्राड विवाक जर्नल २०७२" (Legal Journal 2072) को संयुक्त रुपमा विमोचन गर्नु भएको छ ।

२. सोही अवसरमा प्रधान सेनापति श्री क्षत्रीले सैनिक बिशेष अदालतका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रमको शुभारम्भमा प्राड विवाक उपरथी श्री होम कुमार लावतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

३. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत लगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।