सम्माननीय प्रधानमन्त्री तथा प्रधान सेनापतिसहितको टोलीद्वारा निरिक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन ०९ गते प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशील कोईराला, वन तथा भू–संरक्षण मन्त्री श्री महेश आचार्य र नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसहितको टोलीले नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरद्वारा कैलाली, रुपन्देही र नवलपरासी जिल्लाको निरिक्षण भ्रमण गरेको छ । 

२. सम्माननीय प्रधानमन्त्री श्री कोईरालालाई कैलाली जिल्लाको टिकापुर, रुपन्देही जिल्लाको भैरहवा र नवलपरासी जिल्लाको परासीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा बस्तुस्थितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा सुरक्षा निकायहरुबाट सुरक्षा प्रतिवेदन प्रस्तुत भएको थियो । 

३. उक्त स्थानहरुको निरीक्षण भ्रमण पुरा गरी सो टोली आजै काठमाण्डौं फिर्ता भएको छ ।