स्थानिय प्रशासनको अनुरोधमा दङ्गाग्रस्त क्षेत्रमा खट्टिएको नेपाली सेना व्यारेक फिर्ता ।

१. यही मिति २०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा Aid to Civil Authority (स्थानिय प्रशासनलाई सहयोग गर्ने) कार्यको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) मा व्यवस्था भएकोमा सोही बममोजिम शान्ति सु–व्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा नेपाली सेना खट्टिएको ।  

२. हाल कैलालीको टीकापुरको सुरक्षास्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको निर्णय अनुरुप लिखित अनुरोधमा मिति २०७२ आश्विन ११ गते नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको छ ।
३. नेपाली सेना शान्ति स्थापनार्थ आफ्नो जिम्मेवारी कायम राख्न सहयोग गर्ने स्थानिय प्रशासन, विभिन्न सुरक्षा निकाय, स्थानियबासी, संचारकर्मी तथा सम्बन्धित सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ ।