प्रधान सेनापतिद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले छाउनीस्थित नेपाली सेनाको श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले अस्पताल भित्र रहेको  ईमरजेन्सी, ओपिडी, भिआईपि, आईसियु, आईटिसियु वार्ड लगायत रिपुमर्दिनी अक्सिजन प्लाण्टको साथै ट्रमा हलको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो ।  निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बिरामीहरुसंग भेटघाट तथा कुराकानी समेत गर्नु भएको थियो ।

३. उक्त निरिक्षण भ्रमणको दौरान प्रधान सेनापति श्री क्षत्रीलाई श्री वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. श्री राजिव पाण्डेले अस्पतालको बस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो भने सोही क्रममा श्री इन्जिनियर विभागका प्राविधिक उपरथी श्री योगेन्द्र वहादुर  खाणले अस्पतालको पुनःनिर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त अवसरमा श्री कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी श्री गौरव तण्डुल लगायतका रथीबृन्द तथा अधिकृतहरुका साथै उक्त अस्पतालका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

४. निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले आमविनाशकारी भूकम्प पश्चात घाइते तथा बिरामीहरुलाई पालमा नै भएपनि आप्mनो जिम्मेवारी निर्वाह गरी उपचार सेवा प्रदान गर्न सफल भएकोमा अस्पतालमा कार्यरत सबैको सराहना गर्नु भएको थियो । 

५. सैनिक कल्याणकारी कोषद्धारा संचालित उक्त अस्पतालको भौतिक संरचना विनाशकारी भूकम्पको समयमा क्षतिग्रस्त भएको कारण अस्पतालले पालबाट नै बीरामीहरुलाई सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । हाल उक्त अस्पतालको पुनःनिर्माण तथा मरामत कार्य भइरहेको छ ।