प्रधान सेनापतिद्वारा चार पाङग्रे स्कुटर वितरण

१. आज मिति २०७२ आश्विन १२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्धारा विगत द्धन्दको समयमा घाइते भई भिन्न क्षमता भएका नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जालाई जंगी अड्डा परिसरमा एक बिशेष समारोहबीच चार पाङग्रे स्कुटर वितरण गर्नु भएको छ ।

२. विगत द्धन्द्धको समयमा घाइते भई भिन्न क्षमता भएका नेपाली सेनाका  बहालवाला २० र अवकाश प्राप्त १ गरी जम्मा २१ जना सकलदर्जालाई प्रधान सेनापति महारथी श्री क्षत्रीले चार पाङग्रे स्कुटर वितरण गर्नु भएको थियो । 

३. यस किसिमको सम्मानले विगत द्धन्द्धको समयमा घाइते भई भिन्न क्षमता भएका नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाको दैनिक जीवनयापन गर्न सहज हुनुको साथै निजहरुको मनोवल उच्च हुने एवं हौसलामा थप अभिबृद्धि हुने विश्वास नेपाली सेनाले  लिएको छ ।  

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।