“प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न

१. “प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७२” अन्तर्गत लगनखेलस्थित श्री सैनिक शारिरिक तालिम तथा खेलकुद केन्द्रमा मिति २०७२÷०६÷०१ गतेदेखि संचालन भएको भलिबल प्रतियोगिताको फाईनल खेल आज मिति २०७२ आश्विन १२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  

२. उक्त प्रतियोगितामा प्रथम हुने श्री जगदल गणलाई महारथी श्री क्षत्रीले शिल्ड र नगद पुरस्कार तथा द्वितीय हुने श्री शम्सेरदल गण र तृतीय हुने श्री शेर गणलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो । यसै गरी व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री हिमालय थापाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र प्रतियोगिता सफल पार्न सहयोग पु¥याउनु हुने रेफ्रिहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।   

३. उक्त कार्यक्रममा रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।