प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मध्य पृतना हे.क्वा. तथा अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण

१. आज मिति २०७२ आश्विन १३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा सुपारेटार स्थित मध्य पृतना हे.क्वा., नं.९ बाहिनी अड्डा अन्तर्गत धनुषा स्थित गोरखनाथ गण र नं.७ बाहिनी अड्डा अन्तर्गत बिरगंज स्थित बरख गणको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त फर्मेशन तथा युनिटहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही क्रममा सकलदर्जालाइ सम्बोधन गर्नु हुँदै परिस्थिती सुहाउँदो तालिम एवं जुनियर लिडरहरुको बृत्ति बिकास सम्बन्धी तालिममा केन्द्रित हुनु पर्नेमा विशेष निर्देशन दिनु भएको छ । त्यसैगरी वहाँले नेपाली सैनिक कल्याणकारीकोषबाट बहालवाला तथा भूतपूर्व सैनिकहरुलाई प्रदान गर्दै आईरहेको सेवा सुविधा थप गरिएको र आगामी दिनहरुमा योजनाबद्ध रुपमा थप अभिबृद्धि गर्दै लैजाने भनि अवगत गराउनु भएको छ । उक्त सम्बोधनको क्रममा वहाँले नेपाली सेना सदा झै बलियो चट्टान जस्तै एकढिक्का भइ आफ्नो कर्तव्यपथमा किञ्चित र विचलित नभई अग्रसर हुनुपर्ने, सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भइ मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढंगले कटिबद्ध रुपमा नेपाली सेनाको गौरवमय र प्रतिष्ठित शान एवं ओजस्वी छविलाइ अझ उचाइमा पु¥याउन निरन्तर लागि पर्न सकलदर्जालाइ बिशेष जोड दिनुभएको छ । साथै वहँले निरीक्षण भ्रमणको क्रममा भूतपूर्व सैनिकहरुसँग समेत अन्तरक्रिया गर्नु भएको छ । 

३. उक्त निरिक्षण भ्रमण पश्चात प्रधान सेनापति श्री क्षत्री आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।