नेतृत्व संवाद कार्यक्रम

नेतृत्व संवाद कार्यक्रम

१. मिति २०७५ कार्तिक २७ गते प्रधान सेनापतिद्धारा जंगी अड्डामा पहिलो पल्ट सैनिक आचरणस् संस्थाको अपेक्षा र मेरो जिम्मेवारी (Military Code of Conduct: What is expected from me and my responsibilities?) विषयमा नेतृत्व संवाद - २०७५ कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा बलाधिकृत रथी हेमन्तराज कुंवर लगायतका पि.एस.ओज. रथीवृन्दहरु, प्रधान सेनापतिको प्रत्यक्ष मातहतमा रहेका विभागीय प्रमुखहरु, निर्देशकहरु तथा प्रधान सेनापति कार्यालयका सैनिक सहायक र स्टाफहरु सहभागी हुनु भएको थियो । कार्यक्रममा सबै पृतनापतिज्यूहरुको सहभागिता थियो भने सुदुरपश्चिम पृतना, उत्तरपश्चिम पृतना, मध्यपृतना पश्चिम पृतनाका पृतनापतिहरु Video Teleconference मार्फत प्रत्यक्ष रुपमा सहभागी हुनुहुन्थ्यो ।

२. सैनिक आचरणमा सकारात्मक सुधार ल्याउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा सहभागीहरुबिच उपहार लिने दिने प्रचलन, आर्थिक अनियमितता (भ्रष्टाचार) र भनसुन गरी तीन वटा संवाद शिर्षकमा खुल्ला अन्तरक्रिया भएको थियो । नेतृत्व संवादको यस कार्यक्रम आज सहभागी पि.एस.ओज. लगायतका रथीवृन्दहरु मार्फत चैत्र मसान्तसम्म अव चरणबद्ध रुपमा जुनियर नेतृत्व तह - सह सेनानीसम्म सञ्चालन गरिने योजना रहेको छ । यस कार्यक्रम सञ्चालनका लागि तयार गरिएको विस्तृत निर्देशिका सबै निकायहरुलाई वितरण गरिनेछ ।

३. यस किसिमको संवादले नेपाली सेनाका विभिन्न तहका नेतृत्व बर्ग र अधिकृतहरुमा ऐन, नियम, आदेश, निर्देशन तथा सैनिक आचारसंहिताका बारेमा सचेतना फैलाउन मद्दत गर्नेछ । साथै यस कार्यक्रम मार्फत नेपाली सेनामा कमाण्डरहरु र फौजको बिचमा विश्वासको वातावरण सिर्जना गर्ने, त्यो विश्वासको वातावरणले सांगठनिक वातावरणमा सकारात्मक सुधार आउने र नेपाली सेनालाई अझ व्यावसायिक फौजका रुपमा स्थापित गर्दै लैजाने लक्ष्य लिइएको छ ।

४. साथै नेपालले अनुमोदन गरिसकेको भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कार्यान्वयनसम्बन्धि कार्ययोजना २०६९ कार्यान्वयनका लागि नेपाली सेनामा पहिलो पल्ट आयोजना गरिएको यस नेतृत्व संवाद कार्यक्रम महत्वपूर्ण पहलकदमी हुने बिश्वास पनि लिइएको छ ।

५. कार्यक्रममा सैनिक व्यक्तिहरुको ऐन नियम तथा सैनिक आचरणको पूर्ण परिपालना गरी नेपाली सेनामा सकारात्मक सुधारका लागि सकारात्मक वातावरणको आवश्यकता हुने विषयमा अन्तरक्रिया भएको थियो । नेतृत्व तहले प्रस्तुत गर्ने उदाहरणीय भूमिकाले नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको पहरेदार संस्था र एकताको प्रतिकका रुपमा आमनेपाली नागरिकहरुको आस्था र भरोसाको बलियो खम्बाको रुपमा स्थापित गर्नु पर्नेमा प्रधान सेनापतिज्यूले संवादमा सहभागी सबैलाई निर्देशन दिनु भएको थियो । नेपाली सेनालाई प्रणालीमा आधारित संगठनको रुपमा विकास गर्दै लैजानका लागि नीति नियमको परिपालना महत्वपूर्ण हुने तथा हाम्रा सामू छर्लङ्गै रहेका सांगठनिक सुधारका आवश्यकताहरुलाई खुला र निस्वार्थ स्पमा आत्मसात् गर्दै सुधार गर्दै जानुपर्ने विषयमा बृहद छलफल भएको थियो ।

६. कार्यक्रमका दौरान सहभागी पि.एस.ओज. लगायतका रथीवृन्दहरुले सबै संवाद शिर्षकहरुमा नेपाली सेनामा रहेका अभ्यासहरु तथा विगतका घटनाहरु समेतको मुल्यांकन सहित नेतृत्व तहले बिकृत अभ्यासहरुलाई समयानूकुल सुधार गर्दै लैजानु पर्ने र यसपछिका तहगत नेतृत्व संवाद कार्यक्रमहरुमार्फत मातहतका कमाण्डरहरुलाई समेत यस विषयमा सजग र सचेत गराउंदै व्यवहारमा लागू गर्न आआफ्नो तहबाट भूमिका खेल्ने बताउनु भएको थियो । यसै अवसरमा प्रधान सेनापतिज्यूद्धारा नेतृत्व संवादको यस श्रृङ्खलामार्फत उल्लेखित विषयहरुमा प्रधान सेनापतिको सन्देश तल्लो तहसम्म अझ प्रभावकारी ढंगबाट पु¥याउन सबै सहभागीहरुलाई संवाहकको भूमिका खेल्न समेत निर्देशन दिनु भएको थियो ।