मिति २०७५ मंसिर २२ गते संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ UNIFIL मिशन लेवनानमा तैनाथ रणशार्दुल गण (शा.से.) ६० औं डफ्फाको जिम्मेवारी ईलाकाको BLUE LINE मा रहेको BARREL64 ईलाकामा Israel Defence Force (IDF) ले आफ्नो तर्फ Trench खन्ने विषयमा Israel Defence Force र Lebanese Armed Force (LAF) बीच विवाद भएको र विवादलाई संयमित पार्न NEPBATT ले सो ईलाकामा मंसिर २२ गतेको १५०० बजेबाट १ से.मु. नफ्रि खटाई IDF तथा LAF को बीचमा BUFFER ZONE बनाई स्थितिलाई संयमित गर्ने प्रयास गरिरहेको ।
मंसिर २४ गते SEC EAST COMMANDER BRIG GEN ANTONIO ROMERO LOSADA बाट सो ईलाकाको निरीक्षण भ्रमण गर्नु भएको र भ्रमणको क्रममा NEPBATT गणपतिबाट SEC EAST COMMANDER लाई वस्तुस्थितिबारे जानकारी गराउनु भएको ।
उक्त ईलाकामा हालसम्म पनि स्थिति तनावपूर्ण नै रहेकोले फौज तैनाथ गरी गतिविधि माथि निगरानी गरिरहेको । दुवै देशका टोलीबीच सो विषयलाई लिएर आ-आफ्नो तहमा वार्ता भईरहेको र उक्त टोलीहरुको आपसी विवाद मिलेपछि सो ईलाकाबाट NEPBATT फिर्ता हुने योजना रहेको छ । विवादित ईलाकाको मंसिर २६ गते Senior National Officer सहायक रथी सुरेश कुमार बानियाले समेत निरीक्षण गर्नु भएको ।