पूर्वी पृतना हेडक्वाटरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

पूर्वी पृतना हेडक्वाटरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

जनसम्पर्क तथा सुचना निर्देशनालयको संयोजकत्वमा पूर्वी पृतना हेडक्वाटर, इटहरीमा जेठ २६ गतेबाट ६ दिन अवधिको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । सेना सम्बन्धि समाचार सम्प्रेषण गर्दा संचारकर्मीहरुमा थप स्पष्टता आउन सकोस भन्ने अभिप्रायले प्रत्येक प्रदेशमा तालिम संचालन गर्ने योजना मुताबिक आयोजित उक्त कार्यक्रमको शुभारम्भ पूर्वी पृतनापति उपरथी श्री समीर शाहीले गर्नु भएको थियो ।