माननीय रक्षा मन्त्री तथा प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ पौष १० गते माननीय रक्षा मन्त्री श्री बालकृष्ण खाण एवं प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा चितवन जिल्लास्थित श्री नं. २ विपद् व्यवस्थापन गण, मकवानपुर जिल्लाको श्री सुनाचुरी ईमल्सन प्लाण्ट र भिमफेदीस्थित श्री बहुउद्देश्य प्लाष्टिक उद्योगको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा माननीय रक्षा मन्त्री श्री खाण तथा प्रधान सेनापति श्री क्षत्रीले उल्लेखित तीनवटै युनिटहरुको बस्तुस्थितिबारे जानकारी लिनुको साथै श्री नं.२ विपद् व्यवस्थापन गणद्वारा प्रदर्शन गरिएको खोज तथा उद्दारको डेमोस्ट्रेसन अवलोकन गर्नुभएको थियो ।

३. उक्त भ्रमणमा रक्षा सचिव श्री श्रीधर सापकोटा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी वहाँहरु आजै काठमाण्डौ फिर्ता हुनुभएको छ ।