प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ फाल्गुण ०८ गते सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा संचालन भईरहेको बृहत नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको अवलोकन गर्नु हुँदै खोटाङ्गस्थित श्री शेर गणको समेत निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. सोहि क्रममा प्रधानसेनापति श्री थापाले उक्त मेडिकल शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरुको जानकारी लिनु भई श्री शेर गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे समेत जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भई वहाँ आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।

३. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा नेपाली सेनाले संचालन गरेको उक्त मेडिकल शिविर मिति २०७५/११/१ गते उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा समुद्धाटन भएको थियो । हालसम्म उक्त मेडिकल शिविरबाट २१६ जना सल्यक्रियाका बिरामीहरु सहित २०,९५५ जनाले स्वास्थ्य उपचारको सुबिधा लिएका छन् र उक्त शिविर मिति २०७५ फाल्गुन ११ गतेसम्म संचालनमा रहने छ ।