प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१.               मिति २०७ पौष १५ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मिति २०७ पौष १७ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  

२.   उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा. देवेन्द्र बहादुर खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती हुनु भएका १ जना महा-सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।