संयुक्त राज्य अमेरिकी Deputy Assistant Secretary of Defense नेपाल भ्रमणमा

१. संयुक्त राज्य अमेरिकी Deputy Assistant Secretary of Defense (DASD), Dr. James A. Schear नेपालको चार दिने सद्भावना भ्रमणको लागि हिजो मिति २०६८ भाद्र ३१ गते साँझ नेपाल आइपुग्नु भएको छ । २. भ्रमणको क्रममा उहाँले आज मिति २०६८ आश्विन १ गते बिहान प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गलगायत Principle Staff Officers (पि.एस.ओज्.) रथीबृन्दहरुसँग भेटघाट गर्नुभयो । ३. जंगी अड्डामा भएको भेटघाटको DASD, Dr. James A. र प्रधानसेनापति महारथी श्री गुरुङ्ग विच विपद् व्यवस्थापन र राष्ट्र संघिय शान्ति कार्य सम्बन्धि छलफल भएको थियो । प्रधानसेनापति महारथी श्री गुरुङ्गले विपद् व्यवस्थापन सम्बन्धि संयुक्त रुपमा Table Top Exercise लगायत विभिन्न अभ्यासहरु संचालन गरिदै आईरहेको अवगत गराउनुभयो । ४. आजै अपरान्ह उहाँले टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमणसमेत गर्नुभयो ।