1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगत व्याडमिन्टन र बक्सिङ्ग खेलका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

१. नेपाली सेनाको आयोजनामा लगनखेलस्थित Army Physical Training and Sports Centre मा मिति २०६८ फाल्गुन २६ गतेबाट सञ्चालन भएको 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिता अन्तरगत हिजोको व्याडमिन्टन तथा आज सम्पन्न भएको बक्सिङ्ग खेलका विजयी खेलाडीहरुलाई बलाध्यक्ष रथी श्री गौरवशम्शेर ज.ब.रा.ले पुरस्कार वितरण गर्नुभयो । २. त्यसैगरी सोही प्रतियोगिता अन्तर्गत आज बक्सिङ्ग फाइनल तथा भलिवलको सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएका छन् । सो खेलहरुको नतिजा निम्नअनुसार रहेको छ । क) बक्सिङ्ग (फाइनल) १) ६० के.जि. समुहमा भारत र नेपालबीच भएको खेलमा नेपाली सेनाका Devendra Sing Thakuri द्वारा भारतीय सेनाका Khatri Bikash पराजित २) ६४ के.जि. समुहमा भारत र पाकिस्तानबीच भएको खेलमा भारतीय सेनाका Kumar V. Santosh द्वारा पाकिस्तानी सेनाका KARIM Nasik Faisal पराजित ३) ६९ के.जि. समुहमा पाकिस्तान र भारतबीच भएको खेलमा भारतीय सेनाका Karki Amit द्वारा पाकिस्तानी सेनाका ABBAS Zulqaran पराजित ४) ७५ के.जि. समुहमा भारत र पाकिस्तानबीच भएको खेलमा भारतीय सेनाका Diverathna द्वारा पाकिस्तानी सेनाका Ali Ahmed पराजित ख) भलिबल (सेमिफाइनल) तर्फ १) पाकिस्तानद्धारा श्रीलंका सिधै ३ सेटमा पराजित २) भारतद्वारा नेपाल ३–१ सेटमा पराजित ३. साथै, भोलि मिति २०६८ चैत्र ०१ गते भलिबल र फुटबलको फाईनल खेल तथा 1st South Asian Army Sports Meet 2012 खेलकुद प्रतियोगिताको समापन हुने कार्यक्रम रहेको छ ।