“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत सम्पन्न भलिबल खेलको नतिजा

१. “प्रधान सेनापति ट्रफि २०६९” अन्तर्गत श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा संचालन भई रहेको भलिबल प्रतियोगिताको आज मिति २०६९ असोज २१ गते फाईनल खेल सम्पन्न भएको छ । मद्दती फौज र पुर्वी पृतना हे.क्वा वीच आज सम्पन्न फाईनल खेलमा मद्दती फौजले पुर्वी पृतना हे.क्वा.लाई २०-२५, २७-२५, २५-१८ र २५-१० को अंकले पराजित गरि प्रथम भएको छ । २. उक्त अवसरमा बलाधिकृत विभाग व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री पवन बहादुर पाण्डेले श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा एक कार्यक्रमका विच विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।