ताप्लेजुङ्ग दुर्घटनामा परेका व्यक्तिहरुको हवाई साधनद्धारा उद्धार

१. मिति २०६९ चैत्र २७ गते काठमाण्डौंबाट ताप्लेजुङ्ग जिल्लाको पाथिभरा दर्शनार्थ गएका तिर्थयात्रीहरु लिई आईरहेको ट्रयाक्टर ताप्लेजुङ्गको गुन्द्रे गा.वि.स.को देउराली ईलाकामा दुर्घटना हुंदा गम्भिर घाइते भएका २० जना महिला तथा पुरुषहरुलाई नेपाली सेनाको MI-17 हेलिकप्टरद्धारा उपचारका लागि काठमाण्डौ ल्याईएको छ । २. काठमाण्डौबाट पाथिभरा तिर्थयात्राको लागि गएका तिर्थयात्रीहरु सवार ट्याक्टर पाथीभराबाट फर्कने क्रममा मिति २०६९ चैत्र २७ गतेको २१०० बजे गुन्द्रे गा.वि.स. देउराली ईलाकामा दुर्घटना भएको थियो । उक्त दुर्घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल उद्धार कार्यको लागि ताप्लेजुङ्ग जिल्लास्थित श्रीबक्स गुल्मको सामुहिक तालिम ईलाका सुकेटारबाट अधिकृतको कमाण्डमा गएको उद्धार टोलिले मृतक तथा घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङ्ग पठाएको थियो ।