प्रधानसेनापति र मित्रराष्ट्र वेलायतका Minister of State for Foreign and Commonwealth Affairs H.E. Mr. Hugo Swire MP बीच भेटवार्ता

१. आज मिति २०७१ जेष्ठ १९ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग मित्रराष्ट्र वेलायतका  Minister of State for Foreign and Commonwealth Affairs H.E. Mr. Hugo Swire MP ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटवार्तामा नेपाल र बेलायत वीच रहदै आएको द्धिपक्षिय सहयोग तथा आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानसेनापति महारथी श्री राणा र बेलायती मन्त्री Mr. Swire वीच सत्य निरुपण तथा मेलमिलाप आयोग तथा हाल वेलायतमा कानुनी प्रक्रियामा रहनुभएका नेपाली सेनाका महासेनानी कुमार लामाको सम्बन्धमा समेत छलफल  भएको थियो । 

३. साथै उक्त भेटवार्तामा नेपालका लागि बेलायतका महामहिम राजदुत ः Mr. Andrew James Sparkes को समेत उपस्थिती रहेको थियो ।